अध्यादेशको छलफलमा जुटे सभामुख

हिमाल प्रेस २३ माघ २०८१ १०:४५
14
SHARES
अध्यादेशको छलफलमा जुटे सभामुख सभामुख देवराज घिमिरे। फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरेले अध्यादेशबारे छलफलमा जुटेका छन्। घिमिरेले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन्।

सभामुखको प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार अध्यादेश लगायतका विषयमा छलफल गर्न आज दिउँसो ३ बजे प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकलाई बोलाइएको छ।

सिंहदरबारमा हुने छलफलमा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेन्डाबारे पनि छलफल हुने बताइएको छ। प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ। संसद्‌मा छ अध्यादेश पेस भएका छन्।

प्रकाशित: २३ माघ २०८१ १०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast