काठमाडौँ- त्रिदेशीय महिला टी २० क्रिकेट शृंखलामा मंगलबार नेपालले थाइल्यान्डसँग खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुनेछ। लगातार तेस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ।
अपराजित रहेको थाइल्यान्डसामु नेपालका लागि त्यति सहज भने छैन। शृंखलामा लगातार तेस्रो जित हात पारेको थाइल्यान्ड ६ अंकसहित शीर्ष स्थानमा छ। नेदरल्यान्डले चार खेलमा ४ अंक जोडेको छ। नेपाल भने अंकविहीन छ।
प्रकाशित: २२ माघ २०८१ ७:४४
प्रतिक्रिया