बाँके- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले मतदान गरेका छन्। उनले बाँके क्षेत्र नं. १ (२) अन्तर्गत कोहलपुरको पिपरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका हुन्।
मतदानपछि प्रतिक्रिया दिँदै मन्त्री अथकले संविधानको रक्षा र स्थायित्वका लागि मतदान गरेको बताए।
बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अथकले आगामी पाँच वर्षसम्म संसद् भंग नहुने विश्वास व्यक्त गरे।
प्रकाशित: ४ मंसिर २०७९ ८:४९
प्रतिक्रिया