 राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो।
                             राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो।
                                            काठमाडौँ- राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपालको वर्तमान शासनसत्ता एकल नश्लीय चिन्तनबाट चलिरहेको आरोप लगाएका छन्।
शनिबार काठमाडौँमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान शासनसत्ता एकल नश्लीय चिन्तनबाट चलेकाले त्यसलाई बदल्न र बहुलराष्ट्रिय राज्यको स्थापना गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको बताए।
महतोले देशमा अब कम्युनिज्म र क्याप्टलिज्मको औचित्य सकिएको दाबी गरे। उनले भने,‘देशमा अब कम्युनिज्म र क्याप्टलिज्मको औचित्य सकिएको छ। यसको कुनै काम छैन। हामी सबै स्वदेशवादी विचारधारामा लाग्नुपर्छ।’
महतोले पार्टीमा नवप्रवेशीहरूलाई टिका र माला लगाएर स्वागत गरेका थिए।
कार्यक्रममा पार्टीका नेताहरू बुद्ध छिरिङ मोक्तान, केशव झा, कमला गुरुङ, रामनरेश राय, सुमन सायमी, सन्तोष मेहतालगायतका उपस्थित थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 