स्वीडेनमा कुरान जलाउने युवकको गोली हानेर हत्या

हिमाल प्रेस १७ माघ २०८१ १९:१७ | Thursday, January 30, 2025
स्वीडेनमा कुरान जलाउने युवकको गोली हानेर हत्या

काठमाडौँ- स्वीडेनमा दुई वर्षअघि मुस्लिमहरूको धार्मिक ग्रन्थ कुरान जलाउने युवकको गोली हानेर हत्या भएको छ। ३८ वर्षीय सलवान मोमिकाको स्टकहोमनजिक एक अपार्टमेन्टमा गोली हानेर हत्या भएको हो।

स्टकहोमस्थित सेन्ट्रल मस्जिदबाहिर सन् २०२३ मा मोमिकाले कुरान जलाएका थिए। त्यो घटनापछि विश्वका कैयौँ स्थानमा प्रदर्शन भएका थिए।

मोमिकाको हत्या संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको स्टकहोम प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सामाजिक सञ्जाल टिकटकमा लाइभ स्ट्रिमिङ गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

कुरान जलाएको अभियोगमा स्टकहोमको अदालतले फैसला सुनाउने तयारी गरिरहँदा मोमिकाको हत्या भएको हो। मोमिका इराकी इसाई शरणार्थी थिए। अप्रिल २०१८ मा स्वीडेन पुगेका उनलाई अप्रिल २०२१ मा शरणार्थीको दर्जा दिइएको थियो।

प्रकाशित: १७ माघ २०८१ १९:१७ | Thursday, January 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast