नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा तीन प्रतिस्पर्धी

हिमाल प्रेस १७ माघ २०८१ ११:४९ | Thursday, January 30, 2025
नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा तीन प्रतिस्पर्धी टंकप्रसाद धमला

काठमाडौँ- नेपाल समाजवादी विद्यार्थी युनियन (नयाँ शक्ति) को नेतृत्वका लागि तीनजना नेताबीच प्रतिस्पर्धा हुँदैछ। बुधबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालय भवनमा महाधिवेशन जारी छ।

महाविधवेशनबाट नयाँ नेतृत्व चुनिँदैछ। नेतृत्वका लागि टंकप्रसाद धमला, बलबहादुर रम्तेल र ओम नारायण महतोबीच प्रतिस्पर्धा हुने एक नेताले जानकारी दिए। हालका अध्यक्ष नेत्र चापागाईँ हुन्। यसअघि रमेश महतो, श्यामबाबु गौतम, रुपनारायण श्रेष्ठ अध्यक्ष थिए।

युनियनको २५ सदस्यीय पदाधिकारीका लागि पनि निर्वाचन जारी छ। जसमा समावेशी दुईजना, खुल्ला, खस आर्य, मधेशी, महिला, दलित, मुस्लिम, थारु, पीछिडिएको क्षेत्र, एक आदिवासी जनजातिसहित ११ उपाध्यक्ष रहनेछन्। महासचिव एक महिलासहित दुईजना चुनिनेछन्।

उपमहासचिवमा खुला तहबाट तीनजना निर्वाचित हुने अध्यक्षका आकांक्षी धमलाले जानकारी दिए। त्यस्तै ७ प्रदेशबाट सात सचिव चुनिनेछन् भने एक कोषाध्यक्ष रहनेछन्। धमलाका अनुसार २५ पदाधिकारीसहित ९९ सदस्य निर्वाचनबाट चुनिनेछ। निर्वाचनपछि ४३ सदस्य सचिवालय बन्नेछ। महाधिवेशनमा केन्द्रीय नेतृत्व चुन्न ३६६ प्रतिनिधिले मत हाल्दैछन्।

प्रकाशित: १७ माघ २०८१ ११:४९ | Thursday, January 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast