काठमाडौँ- काठमाडौँको न्यूनतम तापक्रम केही बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस मापन भएको छ।
मंगलबार न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो भने काठमाडौंमा आंशिक बदली हुने पूर्वानुमान छ। आज काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने महाशाखाको अनुमान छ।
मंगलबार अधिकतम तापक्रम १९.३ डिग्री सेल्सियस मापन भएको थियो।
प्रकाशित: १६ माघ २०८१ ७:५७ | Wednesday, January 29, 2025
प्रतिक्रिया




