माघ १५ मा पनि काठमाडौँको तापक्रम उकालो

हिमाल प्रेस १५ माघ २०८१ ८:१२ | Tuesday, January 28, 2025
माघ १५ मा पनि काठमाडौँको तापक्रम उकालो

काठमाडौँ- काठमाडौँको तापक्रम केही बढेको छ। सोमबारको तुलनामा मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस छ। सोमबार ५.७ डिग्री सेल्सियस थियो।

आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ। त्यतिबेला अहिलेको न्यूनतम तापक्रमभन्दा केही घट्ने सम्भावना हुन्छ अथवा यत्ति ९६.६० नै रहन पनि सक्छ।

मौसमविद्का अनुसार राति मौसम बदली अर्थात् आकाशमा बादल लागेको दिन न्यूनतम तापक्रम बढ्छ भने राति आकाश सफा भएको दिन घट्छ।

प्रकाशित: १५ माघ २०८१ ८:१२ | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast