मलेसियाले दियो नेपाललाई ४६ रनको लक्ष्य

हिमाल प्रेस ११ माघ २०८१ १३:४७ | Friday, January 24, 2025
मलेसियाले दियो नेपाललाई ४६ रनको लक्ष्य

काठमाडौँ- घरेलु टोली मलेसियाले आईसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपको प्ले अफमा नेपालसामू ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। जोहर क्रिकेट एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गसमाउँदै ४५ रनको योगफल तयार पार्‍यो।

नुरीमनले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि कप्तान पूजा महताले ३.५ ओभरमा मात्र ९ रन खर्चिदै सार्वधिक चार विकेट लिइन्। यससँगै उनी सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छन्। जारी विश्वकपमा पूजाको यो नवौं विकेट हो।

यसैगरी रचना चौधरीले तीन तथा रिया शर्मा र सीमान समान एक विकेट लिए।  दुवै टोली जितका साथ प्रतियोगिता अन्त्य गर्न चाहन्छन्। नेपाल समूह ‘डी’ तथा मलेसिया समूह ‘ए’ को चौथो स्थानमा रहेका थिए।

समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको थियो। यता मलेसिया, भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो।

प्रकाशित: ११ माघ २०८१ १३:४७ | Friday, January 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast