प्रतिकूल मौसमका कारण तराईमा हवाई उडान प्रभावित

हिमाल प्रेस १० माघ २०८१ १२:३३ | Thursday, January 23, 2025
प्रतिकूल मौसमका कारण तराईमा हवाई उडान प्रभावित जनकपुर विमानस्थलको धावनमार्ग।

काठमाडौँ- प्रतिकूल मौसमका कारण मुलुकको तराई भेगमा हवाई उडान प्रभावित भएको छ। अत्यधिक हुस्सुका कारण भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित भएको हो। हुस्सु र कुहिरोका कारण बिहीबार हालसम्म भद्रपुर, विराटनगर, राजविराज, जनकपुर र सिमरा हवाई उडान हुन सकेको छैन।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले अत्यधिक हुस्सुका कारण तराई भेगमा बिहानबाट हवाई उडान हुन नसकेको बताए।

यसअघि बुधबार पनि प्रतिकूल मौसमका कारण सिमरा, नेपालगञ्ज, धनगढी, जनकपुर र विराटनगर हवाई उडान हुन सकेको थिएन।  बाक्लो हुस्सु र कुहिरोका कारण पछिल्लो केही समययता तराईको जनजीवन प्रभावित बनेको छ। निरन्तर हुस्सु र कुहिरो लागेकाले हवाई उडानका साथै जनजीवन प्रभावित भएको हो।

प्रकाशित: १० माघ २०८१ १२:३३ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast