पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन

हिमाल प्रेस १० माघ २०८१ ११:४३ | Thursday, January 23, 2025
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन वीरगन्ज भन्सार। फाइल तस्बिर

वीरगञ्ज – चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएशन टर्बाइन फ्युल (एटीएफ), मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व संकलन भएको छ। चालु आवको छ महिनामा ४२ अर्ब २४ करोड रुपैयाँ बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

चालु आवको छ महिनामा दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड रुपैयाँ राजस्व दाखिला भएको छ।

चालु आवको छ महिनामा आठ अर्ब नौ करोड बराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटीएफ) आयातबाट एक अर्ब एक करोड तथा ३६ करोड २० लाख रुमूल्य बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड राजस्व संकलन भएको जनाइएको छ।

आव २०८०/८१ को छ महिनामा ८८ अर्ब ७८ करोड मूल्य बराबरका पाँच थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो। गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार राजस्व संकलन गरेको थियो।

प्रकाशित: १० माघ २०८१ ११:४३ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast