जनकपुरधाम– बितेका छ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ।
जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा भएका पाँच सय छ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो। अघिल्लो वर्षको सोही अवधिमा पाँच सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए।
उक्त कार्यालयले समीक्षा अवधिकमा ट्राफिक नियम उल्लंघन गरेका १२ हजार पाँच सय ९३ सवारीसाधनका सञ्चालकबाट ९७ लाख ५८ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको जनाएको छ।
गत आवको सोही अवधिमा १४ हजार दुई सय ३६ सवारीसाधनबाट एक करोड छ लाख ५४ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको थियो।
प्रकाशित: १० माघ २०८१ ११:१८ | Thursday, January 23, 2025
प्रतिक्रिया





