कोशी सरकारले गर्‍यो १३ निर्णय

हिमाल प्रेस ९ माघ २०८१ २०:५९
16
SHARES
कोशी सरकारले गर्‍यो १३ निर्णय

इटहरी- कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ।

सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ। त्यस्तै बैठकले प्रदेश भवन ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने पनि निर्णय पनि गरेको छ।

मन्त्री भण्डारीका अनुसार बैठकले आगामी फागुन ३ गते प्रदेश सरकार स्थापना भएको दिनलाई भव्यताका साथ मनाउने गरी कार्यक्रम तय गरेको छ।

त्यस्तै, प्रदेश निजामती सेवाको ११औं तहमा बढुवा भएका प्रकाशकुमार डाँगी, सुशीलकुमार अधिकारी, डाक्टर इन्द्रप्रसाद सापकोटा, कृष्णप्रसाद पोखरेल र ज्ञानबहादुर बस्नेतलाई विभिन्न कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ।

बैठकले बुढीगंगा ट्रक पार्किङ स्थल निर्माण तथा सञ्चालन कार्यविधि स्वीकृत गरेको छ भने भूमिगत जल सिँचाइ आयोजना कार्यान्वयन कार्यविधि र रोजगार प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि पनि स्वीकृत गरेको छ।

यस्तै विद्यालय नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि संशोधनसहित कानुन न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको मन्त्री भण्डारीले बताए। बैठकले जनयुद्ध स्मृति प्रतिष्ठान नेपाल बेलबारी २ मोरङलाई जग्गा रजिस्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिनेसमेत निर्णय गरेको छ।

प्रकाशित: ९ माघ २०८१ २०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast