कर्णालीमा युथ महोत्सव हुँदै

हिमाल प्रेस ९ माघ २०८१ १८:५८ | Wednesday, January 22, 2025
कर्णालीमा युथ महोत्सव हुँदै

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा यही माघ ११ र १२ गते कर्णाली युथ महोत्सबको आयोजना गरिने भएको छ। ‘युथ फर चेन्ज’ को आयोजनामा वीरेन्द्रनगरस्थित सिटिहलको ग्राउण्डमा महोत्सवको आयोजना हुने भएको हो।

महोत्सवले कर्णालीका युवाहरूलाई आत्मविश्वास र क्षमता वृद्धिका लागि नयाँ दिशा प्रदान गर्ने लक्ष्य राखिएको छ। विशेष गरी विदेश जाने सोँच भएका युवावर्गलाई देशमै रहेका अवसरहरूको महत्त्व बुझाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको परिवर्तनका लागि युवा संस्था यूथ फर चेन्जका अध्यक्ष हिमाल बिष्टले बताए।

सातै प्रदेशमा प्रादेशिक युथ फेस्टिभल गर्ने सोचका साथ कर्णालीबाट प्रादेशिक युथ महोत्सवको सुरुवात गर्न लागिएको अध्यक्ष बिष्टले जानकारी दिए।

कार्यक्रममा कर्णालीका विभिन्न सफल युवा जो आफ्नै देशमा रहेर समृद्धि र आर्थिक क्षेत्रमा काम गरिरहेका छन् उनीहरुलाई उपस्थित गराई कर्णाली युथ आइकनको रूपमा सम्मानित गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

कर्णालीका युवाहरूलाई एकजुट गराएर समग्र प्रदेशको सामाजिक र आर्थिक उत्थानमा योगदान पु¥याउने उद्देश्यले कर्णाली युथ महोत्सवको आयोजना गरिएको महोत्सवका प्रमुख सल्लाहकार भुपेन्द्रजंग शाहीले जानकारी दिए।

महोत्सवमा सफल युवाहरुको प्रगति, चर्चित गायक गायिका लगायत स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहने भएको छ। कार्यक्रममा कर्णालीको सांस्कृतिक धरोहर र युवाहरूको नेतृत्व विकासलाई केन्द्रित गर्दै संवाद र छलफलका सत्र पनि हुने बताइएको छ।

प्रकाशित: ९ माघ २०८१ १८:५८ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast