माघमा पनि बढ्दैछ काठमाडौँको न्यूनतम तापक्रम

हिमाल प्रेस ९ माघ २०८१ ७:१०
8
SHARES
माघमा पनि बढ्दैछ काठमाडौँको न्यूनतम तापक्रम काठमाडौँ उपत्यकाको मौसम सफा हुँदा हलचोक डाँडाबाट देखिएको स्वयम्भू लगायत आसपासको दृश्य। फाइल तस्बिर

काठमाडौँ- माघको पहिलो सातामा आइपुग्दा काठमाडौँको तापक्रम केही बढ्दै गएको छ। पुसको अन्तिम साता एकदमै तल झरेको तापक्रम बिस्तारै बढ्न थालेको हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन भएको छ। मंगलबार न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो।

सोमबार २० देखि २२ डिग्रीबीच रहेको अधिकतम तापक्रम बुधबार २२ देखि २४ डिग्री सेल्सियसकाबीच रहने अनुमान छ।

 

प्रकाशित: ९ माघ २०८१ ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast