कालीगण्डकीमा बन्यो १३ करोड १२ लाखमा पुल

हिमाल प्रेस ९ माघ २०८१ ७:०६
30
SHARES
कालीगण्डकीमा बन्यो १३ करोड १२ लाखमा पुल

बागलुङ- कालीगण्डकी नदीमा १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ रुपैयाँमा निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ।

पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ ।

पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका– ६ जोडिएका छन्। जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताए। पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको उनले सुनाए ।

प्रकाशित: ९ माघ २०८१ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast