युद्धविरामको सम्झौताबाट असन्तुष्ट इजरायलका रक्षासहित तीन मन्त्रीले दिए राजीनामा

हिमाल प्रेस ६ माघ २०८१ १८:०४ | Sunday, January 19, 2025
युद्धविरामको सम्झौताबाट असन्तुष्ट इजरायलका रक्षासहित तीन मन्त्रीले दिए राजीनामा

काठमाडौँ- इजरायल र हमासबीच आइतबारदेखि युद्धविराम सुरू भएको छ। युद्धविरामको सम्झौता लागू भएसँगै हमासले पहिलो चरणमा रिहा हुने ३३ बन्धकको नाम सार्वजनिक गरिसकेको छ।

अर्कोतर्फ इजरायल सरकार कठिनाईमा परेको छ। इजरायल सरकारका तीन मन्त्रीले युद्धविरामप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन्।

इजरायलका रक्षामन्त्री एवं ज्युइश पावर पार्टीका प्रमुख इतेमार बेन ग्वीरका साथै यित्जाक वासेरलौफ र इमीहाई इलियाहुले पदबाट राजीनामा दिएका हुन्।

ज्युइश पावर पार्टीले युद्धविरामको सम्झौताको विरोध गर्दै सरकारबाट समर्थन फिर्ता लिएको बताएको छ। सरकारबाट तीन जना मन्त्रीले समर्थन फिर्ता लिए पनि नेतन्याहू नेतृत्वको सरकारलाई तत्काल क्षति नपुग्ने बताइएको छ।

आनादोलू समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बेन–ग्वीरको पार्टीले समर्थन फिर्ता लिँदा सत्ताधारी गठबन्धनलाई केवल ६ सिटको क्षति पुगेको छ। यो संख्याले सरकारमाथि कुनै संकट नआउने जनाइएको छ।

इतेमारले पहिले पनि युद्धविरामसम्बन्धी सम्झौताको विरोध गरेका थिए। उनी गजामा हमासविरूद्ध इजरायलको सैन्य कारबाहीका पक्षमा थिए।

प्रधानमन्त्री नेतन्याहूसमक्ष बुझाएको राजीनामामा उनले सरकार ढाल्ने काम नगर्ने तर युद्धविरामको सम्झौताप्रति आपत्ति रहेको जनाएका छन्। उनले सम्झौतालाई ‘आतंकवाद’ को जित भनेका छन्।

प्रकाशित: ६ माघ २०८१ १८:०४ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast