शरणार्थीको कथामा आधारित फिल्म ‘ल्हो-छाम्पा’ निर्माण हुने

हिमाल प्रेस ४ माघ २०८१ ६:१८ | Friday, January 17, 2025
शरणार्थीको कथामा आधारित फिल्म ‘ल्हो-छाम्पा’ निर्माण हुने

काठमाडौँ- सन् १९९० को दशकमा भुटानबाट विस्थापित शरणार्थीको कथामा आधारित रहेर फिल्म ‘ल्हो-छाम्पा’ निर्माण हुने भएको छ।

‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ जस्ता फिल्म निर्देशन गरी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा आफूलाई अब्बल सावित गरिसकेका निर्देशक नरेशकुमार केसीले उक्त फिल्म निर्देशन गर्नेछन्।

फिल्मको पटकथा समीप्याराज तिमिल्सेनाले लेखेका छन्। निर्देशक केसीले भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द ‘ल्हो-छाम्पा’ मा केन्द्रित भएर फिल्मको विषयवस्तु तयार गरिएको जानकारी दिए।

उनले भने, ‘भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्वन्द्वलाई फिल्ममा प्रस्तुत गर्नेछौँ। यसमा स्मृति र मान्छेको भूगोलसँग जोडिएको पहिचानको कथासँगै आप्रवासनका आयामलाई पनि समेट्का छौँ।’

फिल्मलाई नक्षत्र लाइभ म्युजिकमार्फत तेस्रो देश पुनर्वासका क्रममा हाल अमेरिकामा रहेका अर्जुन सुवेदीले निर्माण गर्दैछन्। निर्माता सुवेदीले आफ्नो भोगाइलाई दस्तावेजीकरण गर्ने उद्देश्य साथ फिल्म निर्माणमा अग्रसर भएको जानकारी दिए।

उनले भने, ‘भुटानदेखि नेपालका शरणार्थी शिविरसम्ममा हाम्रो पुस्ताले जे भोग्यो,त्यो कुरा पछिको पुस्ताका लागि पनि दृश्यको माध्यममा संरक्षित रहोस् भन्ने उद्देश्यले यो फिल्म निर्माण गर्दैछौँ। यो मनोरञ्जनमा मात्र सीमित हुने छैन।’

फिल्मको छायांकन आगामी वैशाखदेखि गरिने छ। फिल्मका गीतमा अर्जुन पोखरेलले संगीत दिनेछन्।

प्रकाशित: ४ माघ २०८१ ६:१८ | Friday, January 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast