मुस्ताङको आवासगृहमा आगलागी, एक घाइते

हिमाल प्रेस ३ माघ २०८१ ९:५६ | Thursday, January 16, 2025
मुस्ताङको आवासगृहमा आगलागी, एक घाइते

म्याग्दी- जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एकजना घाइते भएका छन्।जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका हुन्।

हात र औलामा आगोले पोलेर घाइते हुनुभएका तिवारीलाई उपचारका लागि पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए। उनका अनुसार तिवारीको अवस्था खतरामुक्त छ । हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन्।

तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्कनु भएको थियो। प्रहरी, कर्मचारी र स्थानीयवासीले आगलागीलाई नियन्त्रणमा लिएका थिए। विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताए।

प्रकाशित: ३ माघ २०८१ ९:५६ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast