यस्तो छ कृषा निर्देशित ‘पिताम्बर’ को टिजर

हिमाल प्रेस १ माघ २०८१ ११:१५
4
SHARES
यस्तो छ कृषा निर्देशित ‘पिताम्बर’ को टिजर

काठमाडौँ- फिल्म ‘पिताम्बर’ को एक्सनपूर्ण टिजर सार्वजनिक भएको छ। राजधानीमा कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो।

कलाकार दिव्य देवले महाभारतको उद्धरण ‘यदा यदा ही धर्मस्य’बाट वाचन गरेपछि सुरु भएको टिजरमा प्रदीप खड्का, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रविन्द्र झा अटाएका छन्।

प्रदीप र सौगातको एक्सन अवतारमा छन्। रविन्द्रले ‘कथामा बहुत ट्वीस्ट भयो, दुई वटा पिताम्बरको एउटै कथा छ’ भनी बोलेको संवादले फिल्ममा दुई पिताम्बर हुन् कि भन्ने स‌केत दिएको छ।

फिल्मकी निर्देशक कृषा चौलागाईंले कथा अनुसार नयाँ फिल्म बन्ने भएकाले ‘पिताम्बर’ पनि नयाँ कथा रहेको बताइन्। कलाकार प्रदीपले एक्सनले सबै कुरा बोल्नै भन्दै टिजरमा सबै कुरा केही हदसम्म देखिएको दाबी गरे। उनले आफ्नो करियरमा ‘पिताम्बर’ नयाँ खुड्किलो हुने दाबी गरेका छन्। अभिनेत्री सुरक्षा पन्तले एउटा राम्रो टिमसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन्। त्यस्तै सुपुष्पा भट्टले फिल्ममा आफूले ‘इमोसनल’ चरित्र निभाउनु परेकाले चरित्र विकासमा सहयोग पुगेको बताइन्।

फिल्ममा अन्य कलाकार गौरी मल्ल, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।

प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद रहेको फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन छ। केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा निर्माण भएको हो।

नयाँ वर्ष २०८२ को अवसरमा आगामी चैत २९ बाट प्रदर्शन हुने फिल्मका निर्माता विशाल चौलागाईं हुन्। फिल्म ‘ऐंचो पैचो’ बाट निर्देशनमा पाइला चालेकी कृषाले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलास’ निर्माण गरिसकेकी छन्।

प्रकाशित: १ माघ २०८१ ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast