भारतीय बालकको अहरणमा संलग्न तीन जना सर्लाहीबाट पक्राउ

हिमाल प्रेस २९ पुष २०८१ २०:५९ | Monday, January 13, 2025
भारतीय बालकको अहरणमा संलग्न तीन जना सर्लाहीबाट पक्राउ

काठमाडौँ- भारतीय बालकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा सर्लाहीबाट तीन जना पक्राउ परेका छन्।

१५ वर्षीय बालकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले पक्राउ पर्नेमा सर्लाही ब्रम्हपुरी–४ बस्ने ६८ वर्षीय रामजी साह, सोही ठाउँका १९ वर्षीय विक्रम पासवान र भारत बिहार राज्य जिल्ला सीतामढी राजवाडा ग्रामपञ्चायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह पक्राउ परेको जानकारी दिए।

उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली दुई राउण्ड, धारिलो सानो चक्कु एक थान, हथौडा एक थान, भारतीय नम्बर प्लेटको मोटरसाइकल एक थान बरामद भएको उनले बताए।

भारतीय बालकलाई अपहरण गरी रामजीको घरगोठमा बन्धक बनाएर राखेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। बन्धक बनाइएका बालकलाई रामजीको घरगोठबाट सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ पुष २०८१ २०:५९ | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast