फाइल तस्बिर : एफपी
काठमाडौँ- भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा सोमबारदेखि महाकुम्भ मेला सुरु भएको छ। प्रत्येक १२ वर्षपछि लाग्ने कुम्भ भेला प्रयागराजमा सुरू भएको हो।
त्रिवेणी संगममा स्नानका लागि लाखौँको संख्यामा श्रद्धालु पुगिरहेका छन्। कुम्भ मेलालाई आस्थाको संगमका साथै उत्तर प्रदेश सरकारको प्रशासनिक क्षमताको परीक्षाका रूपमा लिइएको छ।
कुम्भ मेला महाशिवरात्रीका दिन समापन हुनेछ। यसपालि कुम्भ मेलामा ४० करोड श्रद्धालु सहभागी हुने उत्तर प्रदेश सरकारले दाबी गरेको छ।
कुम्भ मेलाका कारण संगमस्थल र सम्पूर्ण प्रयागराज यतिबेला श्रद्धालु, सुरक्षाकर्मी र सफाइकर्मीले भरिभराउ छ। सुरक्षालाई मध्यनजर गरी ठाउँठाउँमा सुरक्षा चेकिङ, ड्रोन, बम निरोधक दस्ताका साथै राष्ट्रिय सुरक्षा गार्ड (एनसजी) परिचालन गरिएको छ।
प्रकाशित: २९ पुष २०८१ १६:२८ | Monday, January 13, 2025
प्रतिक्रिया




