मकवानपुरमा सुरुभयो दोस्रो संस्करणको ‘थाहा फिल्म फेस्टिभल’

हिमाल प्रेस २९ पुष २०८१ १२:०३ | Monday, January 13, 2025
मकवानपुरमा सुरुभयो दोस्रो संस्करणको ‘थाहा फिल्म फेस्टिभल’

मकवानपुर- मकवानपुरमा थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण चलिरहेको छ। मकवानपुरको थाहा नगरपालिकामा पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले फेस्टिभलको उद्धाटन गरे।

उद्धाटनमा बानियाँले डकुमेन्ट्री ‘यो जिन्दगी खै, के जिन्दगी’ प्ले गर्दै फेस्टिभल शुभारम्भ गरे। थाहा कला केन्द्रको आयोजनामा भएको महोत्सवको पहिलो दिन सर्ट फिल्म छेसाङ, द रूप अफ होप र फिचर फिल्महरू पखेटा, बाटो देखाइएको थियो। जुन हेर्न दर्शकहरूको बाक्लो भिडभाड थियो।

त्यसैगरी, ‘नेपाली फिल्मको विविधता’ शीर्षकमा निर्देशक सुलक्षण भारती र कलाकार नवीन न्यौपानेले अन्तरक्रिया गरेका थिए।फेस्टिभलका सयोजक प्रमोद कृष्ण जोशीले पर्यटकीय गन्तव्य को रूपमा परिचित थाहा नगरपालिकालाई फिल्म छायांकनको रूपमा विकास गर्नुपर्ने भएकाले यो फेस्टिभलमा सबैले साथ दिनुपर्ने बताए।

थाहा नगपालिका भित्र हालसम्म कुनै फिल्म हल सञ्चालनमा नभएसँगै नेपाली फिल्म हेर्न नपाउने दर्शकलाई लक्षित गरेर आयोजना गरिएको आयोजकको दाबी छ। कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले थाहा नगर सहित इन्द्रसरोवर गाउँपालिकालाई मिनी फिल्म सिटीको रुपमा विकास गर्न सहयोग पुर्याउने उद्देश्य रहेको सुनाए।

फेस्टिभल माघ १ गते मंगलबारसम्म सञ्चालन हुनेछ ।फेस्टिभल अवधीभर सर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी २० फिल्म प्रदर्शन गरिनेछ्न। आयोजकका अनुसार आज फिल्मको समीक्षाको विषयमाथि छलफल समेत हुनेछ।

प्रकाशित: २९ पुष २०८१ १२:०३ | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast