ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका अभियुक्त ४० वर्षपछि पक्राउ

हिमाल प्रेस २८ पुष २०८१ १६:२२ | Sunday, January 12, 2025
ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका अभियुक्त ४० वर्षपछि पक्राउ

काठमाडौँ- ज्यान मुद्दाका एक फरार अभियुक्त ४० वर्षपछि पक्राउ परेका छन्। ज्यान मुद्दाका फरार अभियुक्त राजु सिंहलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो।

हत्यासम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका रौहटहट ब्रहम्पुरी गाविस–९ (हाल राजदेवी नपा) घर भएका ५६ वर्षीय सिंह ४० वर्षदेखि फरार थिए। धुपकली देवीको जाहेरीमा दर्ता भएको मुद्दामा अदालतले उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो।

प्रहरीले सिंहलाई सर्लाहीको चक्रघट्टा गाउएपालिका–४ सुन्दरपुरबाट पक्राउ गरेको हो। सिंह चक्रघट्टामा नाम र धर्म परिवर्तन गरेर बसिरहेका थिए।

नाम र धर्म परिवर्तन गरेर बसिरहेको गोप्य सूचनाका आधारमा सिंहलाई मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका सिंहलाई फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २८ पुष २०८१ १६:२२ | Sunday, January 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast