कर्णाली सरकारले सूचना लुकाएको छैन : मुख्यमन्त्री कँडेल

हिमाल प्रेस २६ पुष २०८१ २०:५७
6
SHARES
कर्णाली सरकारले सूचना लुकाएको छैन : मुख्यमन्त्री कँडेल यामलाल कँडेल।

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकारले कुनै सूचना लुकाउनुपर्ने गरी काम नगरेको बताएका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज (शुक्रबार) यहाँ आयोजना गरेको प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूबीचको अन्तरक्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सरकारले गरेका काम जति धेरै जनता माझ पुर्‍याउन सक्यो त्यति नै गलत प्रवृत्तिको अन्त्य हुने बताए।

उनले प्रदेश सरकारले गरेका काम आमनागरिक सामु जस्ताको तस्तै सम्प्रेषण गर्न सूचना अधिकारीहरूको भूमिका उल्लेखनीय हुने बताए। ‘सरकारले गरेका सकारात्मक काम अझै बाहिर आउन सकेका छैनन्। जसका कारण सरकारले कामै नगरे जस्तो नागरिकमा अनुभूति हुने गर्छ। सूचना सम्प्रेषण गर्दा सरकारको उपलब्धि जनता बीचमा जान्छ। त्यसैले सूचना नलुकाइदिनुस्,’ उनले भने।

प्रदेश सरकार सुशासन र पारदर्शिता कायम गर्न र भ्रष्टाचारको अन्त्य गरी समाजमा देखिएका विसंगति अन्त्य गर्ने काममा लागेको हुनाले सरकारले लुकाउनुपर्ने कुनै सूचना नभएको उनको भनाइ छ।

प्रकाशित: २६ पुष २०८१ २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast