सन् २०२३ सुरु, के हो ग्रेगोरियन पात्रो?

हिमाल प्रेस १७ पुष २०७९ ६:४८ | Sunday, January 1, 2023
सन् २०२३ सुरु, के हो ग्रेगोरियन पात्रो?

काठमाडौँ- ग्रेगोरियन पात्रोअनुसार आज (आइतबार) देखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ। पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन‍्लाई  प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले दुई सय वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवं ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताउँछन्।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् प्रचलनमा आएको थियो भने हाल यसको विश्वव्यापी प्रचार छ। केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’का नाममा यो संवत् मनाइन्छ।

प्रकाशित: १७ पुष २०७९ ६:४८ | Sunday, January 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast