इजरायली दूतावासद्वारा नेपाली विद्यार्थीहरूको सामान हस्तान्तरण

हिमाल प्रेस २४ पुष २०८१ २१:३१
14
SHARES
इजरायली दूतावासद्वारा नेपाली विद्यार्थीहरूको सामान हस्तान्तरण

काठमाडौँ- नेपालस्थित इजरायली दूतावासले हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरूको सामान फिर्ता ल्याउन सहयोग गरेको छ।

दूतावासले ज्यान गुमाएका नेपाली विद्यार्थीहरूका आफन्तलाई सामान हस्तान्तरण गरेको हो।

इजरायली राजदूत श्मुलिक एरी बासले ति सामान फिर्ता ल्याउन व्यक्तिगत प्रयास गरेको दूतावासले जनाएको छ।

उनले हमास आक्रमणमा ज्यान जोगाउन सफल भएकामध्येका एक धनबहादुर चौधरी र पीडित परिवारसँग भेट गरेका छन्।

राजदूत बासले हमास आक्रमणबारे नेपाली विद्यार्थीहरूसँग जानकारी लिँदै उनीहरूको सुखद भविष्यका लागि कामना गरे।

हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायल सरकार प्रयासरत रहेको दूतावासको भनाइ छ।

२०२३ अक्टुबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरूको ज्यान गएको थियो। हमासले जोशीलाई बन्धक बनाएको थियो।

प्रकाशित: २४ पुष २०८१ २१:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast