 
                             
                                            काठमाडौँ- बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) शिक्षकको तलब बढाउने वचन दिएका छन्।
नगरका २३ जना ईसीडी शिक्षकले मंगलबार मेयर अधिकारीको कार्यकक्ष पुगेर तलब वृद्धिसहितका मागबारे ध्यानाकर्षण गराएका थिए।
उनीहरूको ध्यानाकर्षण पत्र बुझ्दै मेयर अधिकारीले आगामी साउन महिनादेखि तलब वृद्धिको वचन दिएको ईसीडी शिक्षक शारदा आचार्यले जानकारी दिइन्।
आचार्यले भनिन्,‘मेयरसाबले साउनदेखि हाम्रो तलब बढाउने कुरा गर्नु भएको छ। तर यति बढ्छ उति बढ्छ चाहिँ भन्नु भएन। जे होस् बढाउँछु भन्नु भएको छ।’

                            प्रकाशित: २४ पुष  २०८१ ११:०७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 