लिथुआनिया पठाउने भन्दै ११ लाख ठगी गर्ने पक्राउ

हिमाल प्रेस १९ पुष २०८१ ६:०१
12
SHARES
लिथुआनिया पठाउने भन्दै ११ लाख ठगी गर्ने पक्राउ प्रतीकात्मक तस्बिर।

काठमाडौँ- वैदेशिक रोजगारमा लिथुआनिया पठाउने भन्दै ११ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका-८ का ३६ वर्षीय समय गौतम रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लिथुआनिया लैजाने भन्दै लामो समयसम्म झुक्याएको र विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो।’

पक्राउ परेका गौतमलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रकाशित: १९ पुष २०८१ ६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast