अमेरिकामा मनाइयो ल्होछार [तस्बिरहरू]

हिमाल प्रेस १८ पुष २०८१ १६:५१
10
SHARES
अमेरिकामा मनाइयो ल्होछार [तस्बिरहरू]

न्युयोर्क- द गुरुङ (तमु) सोसाइटी इंक यूएसएले गुरुङ जातिको महान् पर्व ल्होछार-२०८१ विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएको छ। द गुरुङ सोसाइटीको आयोजनामा यो वर्ष मुप्री ल्हो अर्थात् गरुड वर्गको बिदाइ तथा सप्री ल्हो अर्थात् सर्प वर्गको स्वागत गर्दै डिसेम्बर २८ मा विभिन्न सांस्कृतिक कार्यक्रमसाथ न्युयोर्कको टिबेटियन कम्युनिटी हलमा सप्री ल्होछार मनाइएको हो।

जेष्ठ नागरिक कमला गुरुङ, प्रमुख अतिथि हर्कजङ्ग गुरुङ, अध्यक्ष ओमबहादुर गुरुङ, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष तोरण गुरुङ तथा संस्थापक अध्यक्ष तुलसीप्रसाद गुरुङले संयुक्त रूपमा पानसमा दप बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा हर्कजङ्ग गुरुङले ल्होछारको शुभकामना दिए। गुरुङले २००८ मा आफूले ल्होछार संयोजकको भूमिका निर्वाह गर्दा जेष्ठ नागरिकबाट दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्न गरेको प्रस्ताव आज २०२४ सम्म पनि कायम गरेकोमा वर्तमान कार्यसमितिलाई हार्दिक धन्यवाद व्यक्त गरे। उनले नेपाली कला संस्कृतिलाई जगेर्ना गर्दै गुरुङ सोसाइटीले ज्याक्सन हाइटमा कल्चरल प्रोग्राम हेर्नको लागि गुरुङ ल्होछार जानुपर्छ भन्ने भाष्य निर्माण गरेको स्मरण गरे। भाषा, संस्कार, संस्कृति र परम्परा जोगाउन सोसाइटीले गरेको योगदानलाई उनले धन्यवाद दिए।

डेमोक्रेटिक पार्टीको नेता तथा न्यूयोर्क स्टेट डिष्ट्रिक्ट ३० का एसेम्ब्ली मेम्बर स्टेभेन राँगाले ल्होछारको शुभकामना व्यक्त गर्दै ग्रोइङ नेपाली समुदायलाई आफूले प्रतिनिधित्व गर्न पाएकोमा वर्ग लागेको बताए। विशेष अतिथि फिप्नाका अध्यक्ष तोरण गुरुङले ल्हाछारको शुभकामना दिँदै गुरुङ संस्कार र संस्कृतिको सम्वर्द्धन गर्न आव्हान गरे। फिप्ना अध्यक्ष गुरुङले बोलेर मात्रै आफ्नो आवाज बुलन्द बनाउन सकिने बताउँदै संस्कार संस्कृति जोगाउने क्रमसँगै राजनीतिक चेतनाको विकास गर्नुपर्ने बताए।

सोसाइटीका अध्यक्ष ओमबहादुर गुरुङले विदेशी भूमिमा यसरी ल्होछार कार्यक्रम गरेर गुरुङहरूको संस्कार र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएको जानकारी दिए। सोसाइटीले सिटीसँग सम्बन्ध बढाउँदै सोसाइटीको हितको लागि काम गर्ने अध्यक्ष गुरुङको भनाइ थियो। अध्यक्ष गुरुङले नृत्य निर्देशक, कलाकार, आर्थिक रुपमा सहयोग गर्ने सम्पूर्ण आजीवन सदस्य, व्यवसायीलाई धन्यवाद दिए।

सोसाइटी महासचिव मच्छेदेवी गुरुङले गुरुङहरू जहाँ गए पनि आफ्नो पहिचान र अस्तित्वका लागि राज्यका हरेक निकायमा गुरुङहरूको उपस्थिति बढाउनुपर्ने बताइन्। उनले ल्होछारलाई जनजातिको पहिचान स्थापना गर्न र अधिकार सुनिश्चित गर्ने अभियानको रूपमा अगाडि लैजानुपर्नेमा जोड दिइन्। कार्यक्रममा गुरुङ तमु स्टुडेन्ट क्लबको क्रियाकलापबारे क्लव संयोजक मेलिशा गुरुङले ल्होछारको शुभकामना दिँदै क्लवले गुरुङ जातिको संस्कार, संस्कृति, भेषभूषा जगेर्ना गर्न र बालबालिकाको क्षमता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम गरेको जानकारी दिइन्।

सोसाइटी वरिष्ठ उपाध्यक्ष अलिशा गुरुङले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै ल्होछारको शुभकामना दिइन्। ल्होछार कार्यक्रम २०८१ का साँस्कृतिक संयोजक तथा सोसाइटीका उपाध्यक्ष लिल गुरुङ तथा कार्यसमिति सदस्य बिन्दु गुरुङले कार्यक्रमबारे जानकारी दिँदै कार्यक्रम सफल बनाउनको लागि सहयोग गर्ने सम्पूर्ण सल्लाहकार, बुबाआमा, दाजुभाइ, कार्यसिमिति सदस्यहरू, कलाकारहरू, तमु आमा समूह तथा स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा न्यूयोर्क, न्यूजर्सीका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सोसाइटीले सोसाइटीमा आवद्ध रही निस्वार्थ रूपमा निरन्तर योगदान गरेको कदर गर्दै दुई जनालाई सम्मान गरेको छ। सोसाइटीलाई आर्थिक, नैतिक तथा भौतिक रूपमा योगदान तथा सहयोग गर्ने आजीवन सदस्यहरू खड्कजंग गुरुङ तथा संस्थापक प्रथम महिला गौरी गुरुङलाई सम्मान गरिएको थियो। सोसाइटीले संस्थाको आजीवन सदस्यता लिएका ८ जनालाई संस्थापक अध्यक्ष तुलसीप्रसाद गुरुङ तथा अध्यक्ष ओम गुरुङले आजीवन सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरेको थिए।

यसवर्ष अञ्जित गुरुङ, बुद्धि (भरत) गुरुङ, बुद्धि गुरुङ, पवित्रा गुरुङ, मुमुचु गुरुङ तथा ओङ्ग्याल गुरुङ, राजु सिंग गुरुङ तथा चन्द्र गुरुङ, प्रताप गुरुङ तथा करुणा गुरुङ, अणु गुरुङ तथा खेम थापा मगरले सोसाइटीको आजीवन सदस्यता लिएका थिए। कार्यक्रममा कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू तथा संस्थामा आवद्ध आजीवन सदस्य रही लामो समय संस्थामा काम गरेका सदस्यहरूलाई रिकोग्नाइज गरी धन्यवाद व्यक्त गरिएको थियो।

कार्यक्रममा युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका प्रमुख सल्लाहकार टेक टाँगी गुरुङ, गुरुङ भाषा तथा संस्केति विभागका प्रमुख गोपाल पच्युँ गुरुङ तथा युवा संयोजक गोकुल क्रोगी गुरुङ समेत सहभागी थिए। कार्यक्रमको स्रोत चरणमा कलाकारहरूले मौलिकता झल्कने बाह्रमासे घाटु, कौडा तथा गुरुङ भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए।

बाह्रमासे घाटु कोरियोग्राफर भुपेन्द्र गुरुङले कोरियोग्राफ गरे। भुपेन्द्र गुरुङ, बिन्दु गुरुङ, प्रेम गुरुङ, आमा टोली तथा स्थानीय कलाकारले संयुक्त रुपमा प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न नेपाली तथा गुरुङ भाषाको चलचित्रमा अभिनय गरेका नायिका रञ्जिता गुरुङ र नृत्य निर्देशक तथा कोरियोग्राफर भुपेन्द्र गुरुङले ‘मेजर पेन्सन खाउली’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए।

स्थानीय बाल कलाकारहरू ओजाश्री गुरुङ, आइना गुरुङ र साइना लामाले गुरुङ भाषाको गीतमा नृत्य गरेका थिए। नेपाली चर्चित गीत ‘रुकुमै कोट’ मा शिला गुरुङ, रक्षा गुरुङ, इभा श्रेष्ठ, आर्य डोल्मा गुरुङले प्रस्तुति दिए। स्थानीय कलाकारहरू श्रुति गुरुङ, सुष्मा गुरुङ, केभिन गुरुङ र सोमेस गुरुङले गुरुङ भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए।

‘देउरालीलाई फुलपाती’ बोलको गीतमा आमा टोलीले बेजोडको नृत्य प्रस्तुत गरेका थिए। गोरी गुरुङ, अमृता गुरुङ, लक्ष्मी गुरुङ, लक्ष्मी गुरुङ थापा र निर्मला देवान लिम्बूले नृत्य गरे। सम्राट गुरुङ, आकर्षण गुरुङ, प्रतिभा गुरुङ, सदिया छन्त्यालले गुरुङ भाषाको गीत ‘मरै त झलल’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए।

रिदिमा गुरुङ, सदिया छन्त्याल, श्रृंखला पुन, आर्यन्सी थापा र करुणा रोका मगरले डम्फु मादल बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए। कोइलम मिछ्याबा बोलको गीतमा चर्चित कलाकारहरू खेम गुरुङ तथा यन्सर्ज गुरुङले नृत्य प्रस्तुत गरेका थिए। श्रुति गुरुङ, सुष्मा गुरुङ, सोनिया गुरुङ, तुसना थापा, सुजेना गुरुङ, आङ युटी शेर्पाले कौडा नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा नृत्य निर्देशक गोविन्द राई, नृतय निर्देशक तथा कोरियोग्राफर भुपेन्द्र गुरुङले कोरियोग्राफ गरेका थिए। कार्यक्रममा गुरुङ घाटु, रोधीको संरक्षण र सम्वर्द्धनमा जुटेका निर्देशक तथा कोरियोग्राफर भुपेन्द्र गुरुङ, पहिलो गुरुङ चलचित्र पातेका नायक खेम गुरुङ, कार्यक्रम संयोजक लिल बिन्दु गुरुङलाई सम्मान गरेको थिए। मार्सल आर्टस खेलाडी भुपेन्द्र गुरुङले ट्रेडिसनल चाइनिज मार्सल आर्टस फेडरेसन अमेरिकाद्वारा आयोजित १५औँ गोल्डेन ड्रागन च्याम्पियनसीपमा दुई रजत पदक प्राप्त गरेका थिए।

गुरुङ जातिले विभिन्न १२ वटा जीवजन्तुहरूको चक्रलाई आधार मानेर प्रत्येक वर्ष पुस १५ लाई नयाँ वर्षको रूपमा ल्होछार मनाउँछन्। ल्हो को अर्थ वर्ग (वर्ष) र छारको अर्थ नयाँ हुने भएकोले ल्होछारलाई गुरुङहरूले नयाँ वर्षको रूपमा मनाउने चलन छ। तमु जातिले वर्गको आधारमा उमेर गणना गर्ने वर्ग हेरेर नै शुभकार्य गर्ने प्रचलन छ।

सोसाइटीले आफ्नो धर्म, संस्कारलाई जीवित राख्न र पुस्तान्तरणको लागि सन् २००१ मा न्यूयोर्क सिटीमा विधिवत् रूपमा संस्था दर्ता गरी ल्होछारलाई विशेष पर्वको रूपमा मनाउँदै आएको छ। न्यूयोर्कमा ल्होछारको यो २५ औँ संस्करण हो। ल्होछार पर्वले गुरुङहरूको संस्कृतिलाई जगेर्ना, प्रवर्द्धन तथा अन्तर्राष्ट्र्रियस्तरमा चिनाउन बर्सेनि तमु ल्होछार मनाउँदै आएको सोसाइटीले जनाएको छ।

विगतमा सामुहिक भेला भएर स्यो कै वनभोज खाएर ल्होछार पर्व मनाउने गरिन्थ्यो। न्यूयोर्क र न्यूजर्सीमा बसोबास गर्ने गुरुङ जातिले हरेक वर्ष ल्होछार मनाउँदै आए पनि कोभिडका कारण २०२० मा भने भर्चुअल रुपमा ल्होछार आयोजना गरिएको थियो। दोस्रो चरणको सांस्कृतिक कार्यक्रम रीचा गुरुङ र रिदिमा गुरुङले सञ्चालन गरेका थिए।

कार्यक्रमका केही तस्बिरहरू

प्रकाशित: १८ पुष २०८१ १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast