बालबालिकाका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना

हिमाल प्रेस १६ पुष २०८१ २१:३६ | Tuesday, December 31, 2024
बालबालिकाका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना इन्दिरा रानामगर। फाइल तस्बिर।

काठमाडौँ- उपसभामुख इन्दिरा राना मगरले बालबालिकाको समग्र विकासका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने बताएकी छन्।

राष्ट्रिय बाल अधिकार परिषद्, एकीकृत हातेमालो समाज नेपाल र अनाहत नेपालले यहाँ आज (मंगलबार) आयोजना गरेको ‘मानव बेचबिखन र बालअधिकार संरक्षण, नीति र अभ्याससम्बन्धी संवाद’ विषयक कार्यक्रममा उपसभामुख रानाले मानव बेचबिखन र बालबालिकाको संरक्षणका निम्ति सबैभन्दा बढी स्थानीय तह नै जिम्मेवार हुनुपर्ने बताइन्।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ, सरोकारवाला मन्त्रालय, विभाग, आयोग, कार्यालय, लगायतका सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफलमा उनले भनिन्, ‘मानव बेचबिखनको बारेमा सबैभन्दा बढी प्रत्येक वडा जिम्मेवार हुनुपर्छ, किन भने वडा कार्यालयलाई आफ्नो वडाभित्र के भइरहेको छ, त्यो वडालाई नै थाहा हुन्छ।’

प्रकाशित: १६ पुष २०८१ २१:३६ | Tuesday, December 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast