काठमाडौँ- एसपिजी अटोमोबाइल्सले क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ। दीपेन्द्र र ओमोडा एन्ड जेइकोकाे नेपालका लागि आधिकारिक विक्रेता शारडा ग्रुप एसपिजी अटोमोबाइल्स प्रालिबीच सोमबार सम्झौता भएको हो।
नेपाल प्रिमियर लिगको उत्कृष्ट नेपाली खेलाडी घोषित सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रलाई सोही अवसरमा पुरस्कार बापतको कार पनि हस्तान्तरण गरिएको थियो।
ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह-प्रायोजकको रूपमा थियो। एनपिएल सुरु हुनुभन्दा अगाडि नै ओमोडाले उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने घोषणा गरेको थियो।
प्रकाशित: १५ पुष २०८१ १५:५७ | Monday, December 30, 2024
प्रतिक्रिया




