दिलकुमार तामाङले ल्याए देशभक्ति गीत ‘धेरै गर्व गर्‍यौँ हामीले’

हिमाल प्रेस १४ पुष २०८१ ११:३७ | Sunday, December 29, 2024
दिलकुमार तामाङले ल्याए देशभक्ति गीत ‘धेरै गर्व गर्‍यौँ हामीले’

काठमाडौँ- गीतकार दिलकुमार तामाङको ‘धेरै गर्व गर्‍यौँ  हामीले’ बोल रहेकाे गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ। गीतमा नेपालका वरिष्ठ गायक राजेशपायल राई र नेपाल आइडलबाट नेपाली सांगीतिक क्षेत्रमा उदाएकी गायिका ममता गुरुङको स्वर छ।

संगीतकार दीपक शर्माले संगीत भरेको गीतमा देशभक्ति भाव प्रस्तुत गरिएको छ। गीतमार्फत नेपाली वीरताको इतिहाससँगै देशको पहिचानलाई विश्व मञ्चमा अझैमाथि उठाउन कमी भइरहेको सन्देश दिइएको छ। साथै देशको सम्मुन्नतिका लागि इतिहासको गौरवका साथै सम्पूर्ण नेपालीकाे मेहेनती र इमान्दारी हुन आवश्यक रहेको भाव व्यक्त गरिएको छ।

गीतकार तामाङले यसअघि ‘पूर्वै पाँचथर’ बोलको गीत सार्वजनिक गरेका थिए। निजामती सेवामा सेवारत गीतकार तामाङ उपसचिव हुन्। उनी हाल गृह मन्त्रालयका सूचना अधिकारीको रूपमा कार्यरत छन्।

यस्ताे छ गीत

प्रकाशित: १४ पुष २०८१ ११:३७ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast