काठमाडौँ- काठमाडौँको न्यूनतम तापक्रम शनिबारको तुलनामा आज बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ६ बजे काठमाडौँको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस मापन भएको छ।
शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको थियो। शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको थियो।
त्यसअघि बिहीबार काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसम, बुधबार ७.५ डिग्री सेल्सियस, सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस मापन भएको थियो। आइतबार बिहान काठमाडौँमा मौसम बदलीको अवस्था छ।
प्रकाशित: १४ पुष २०८१ ७:५८
प्रतिक्रिया