जल्यो डेरी, छिनभरमै सकियो ३० लाख बढीको सम्पत्ति

हिमाल प्रेस १४ पुष २०८१ ७:०१ | Sunday, December 29, 2024
जल्यो डेरी, छिनभरमै सकियो ३० लाख बढीको सम्पत्ति

इलाम- इलामको सन्दकपुर गाउँपालिका ३ सुलुबुङ (तालगाउँ) स्थित एक उद्योगमा आगलागी हुँदा ३० लाख रुपैयाँभन्दा बढी क्षति भएको छ।

सागर खतिवडा र विमला खतिवडाले सन्चालन गरेको अनुकूल डेरी उद्योगमा शनिबार बिहान आगलागी हुँदा ३० लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

बिहान ९ बजेतिर डेरीमा आगो बाल्ने क्रममा अचानक आगोको झिल्को उम्किएर क्षति भएको सागरले बताए। उक्त डेरीमा दैनिक ३ सय ५० लिटर दूध संकलन गरी प्रशोधन भइरहेको थियो।

घ्यु, छुर्पी, पनिर लगायत दूधजन्य परिकार बनाउने गरिएकोमा आगलागीबाट विगत २० दिनको बीचको घ्यू छुर्पी पनिर लगायत डेरी सन्चालन रहेको घर मेसिन औजार लगायत सबै नष्ट भएको छ।

आगलागीलाई स्थानीय मिलेर निभाएर नजिँकैको भेदनाथ खतिवडा, नेत्र खतिवडाको घर र गाईगोठ जोगाउन सफल भएको छ।

प्रकाशित: १४ पुष २०८१ ७:०१ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast