श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघेद्वारा लुम्बिनी भ्रमण

हिमाल प्रेस १३ पुष २०८१ १९:३२ | Saturday, December 28, 2024
श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघेद्वारा लुम्बिनी भ्रमण

लुम्बिनी– श्रीलंकाका पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। विक्रमासिंघेले शान्तिदीप, मायादेवी मन्दिरको दर्शनसँगै पुष्करणी पोखरी, अशोक स्तम्भको भ्रमण गरेका हुन्।

पूर्वराष्ट्रपति विक्रमसिंघेलाई लुम्बिनी विकास कोषका सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत, सूचना शाखाका दिलीपसिंह राई, विकास लामाले खादाले स्वागत गरेका थिए।

परिवारसहित लुम्बिनी भ्रमणमा आएका विक्रमासिंघेले मायादेवी मन्दिरको दर्शनसँगै पूजाआजा र परित्राण पाठ गरेका थिए। उनले लुम्बिनीको पछिल्लो अवस्थाबारे चासो राख्दै बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गरे।

श्रीलंका बुद्धिस्ट देश भएकाले पूर्वराष्ट्रपतिले लुम्बिनीको रुचीपूर्वक भ्रमण गरेको कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए। उक्त अवसरमा कोषका तर्फबाट राजदूत पूर्व राष्ट्रपती विक्रमासिंघलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।

निजी भ्रमणमा आएका उनले बुद्धजन्मस्थल लुम्बिनीसँगै बृहत्तर लुम्बिनीका अन्य क्षेत्रहरुको समेत भ्रमण गर्ने जनाइएको छ।

प्रकाशित: १३ पुष २०८१ १९:३२ | Saturday, December 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast