पत्रकार शर्माको ‘सुर्खेतको इतिवृत्त २’ विमोचन

हिमाल प्रेस १३ पुष २०८१ १७:३८ | Saturday, December 28, 2024
पत्रकार शर्माको ‘सुर्खेतको इतिवृत्त २’ विमोचन

सुर्खेत – पत्रकार सुशीलराज शर्माको ‘सुर्खेतको इतिवृत्त २’ विमोचन भएको छ। पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्षसमेत रहेका शर्माद्वारा लिखित पुस्तकको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विमोचन गरेका हुन्।

सुर्खेतको समग्र इतिहास समेटिएको शर्माको यो दोस्रो कृति हो। यसअघि शर्माले ‘सुर्खेतको इतिवृत्त १’ लेखिसकेका छन्। शनिबार विमोचन भएको पुस्तक अंग्रेजी र नपाली भाषामा लेखिएको छ।

पुस्तकमा सुर्खेत जिल्लाको भौगोलिक, सामाजिक, राजनीतिक, प्रशासनिक, जनसांख्यिक अवस्था एवम् जनविश्वास र मूल्यलाई जीवन्त ढंगले लिपिबद्ध गरिएको छ।

यस्तै, जिल्लाको शिक्षा, खेलकुद, कला, साहित्य, संगीतलगायतका विविध पाटोलाई तथ्यपरक ढंगबाट पुस्तकमा चर्चा गरिएको छ।

जिल्लाको पुरातात्त्विक, सांस्कृतिक महत्त्वलाई पुस्तकमा स्पष्ट रूपमा चित्रण गरिएको छ। पुस्तक जिल्लाको सामान्य जानकारी लिन चाहने, जिल्लाका विविध वस्तुयथार्थ टिपोट गरी सूचना सम्प्रेषण गर्न र स्थानीय पाठ्यक्रम बनाउनका लागि र उच्चस्तरीय कार्यक्रमिक एवम् प्राज्ञिक अध्ययन तथा अनुसन्धान गर्न पुस्तक उपयोगी हुने जनाइएको छ।

पुस्तक विमोचन गर्दै कर्णालीका मुख्मन्त्री यामलाल कँडेलले पुस्तकमा दस्तावेजीकरण गरिएका तथ्यका आधारमा सुर्खेत जिल्लाको विकास नीति तय गर्न सहयोग पुग्ने बताए।

प्रकाशित: १३ पुष २०८१ १७:३८ | Saturday, December 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast