युट्युब ट्रेन्डिङमा ‘ऊनको स्वीटर’ को गीत ‘मखमली’

हिमाल प्रेस १२ पुष २०८१ १२:५८ | Friday, December 27, 2024
युट्युब ट्रेन्डिङमा ‘ऊनको स्वीटर’ को गीत ‘मखमली’

काठमाडौँ- फिल्म ‘ऊनको स्वीटर’ को ‘मखमली’ बोलको गीत सार्जजनिक भएको २४ घण्टा अगावै युट्युब ट्रेन्डिङमा परेको छ। शुक्रबार मध्यान्हसम्म गीत युट्युबको म्युजिकतर्फ ट्रेन्डिङ ४ मा छ। गीत साढे ४ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन्। लाेक शैलीकाे गीतले फिल्ममा स्थान पाएकाे भन्दै करिब दुई हजार दर्शकले सकारात्मक प्रतिक्रिया पनि दिएका छन्।

गुरुङ र मगर समुदायले गाउने लोक भाका कौडा र चुट्का शैलीलाई गीतमा प्रस्तुत गरिएको छ। गीतको भिडियोमा फिल्मको मुख्य कलाकार मिरुना मगर र विपिन कार्कीको प्रेमभावलाई प्रस्तुत गरिएको छ। गीत सुजन चापागाईं र सुनिता थेगिमले गाएका छन्। हर्क साउदको शब्द रहेको गीतमा गायक चापागाईंले नै संगीत भरेका छन्।

फिल्म आगामी वर्ष वैशाख २६ मा प्रदर्शन हुनेछ। यो आर्टमाण्डुको निर्माणमा बनेको पहिलो फिचर फिल्म हो।

फिल्म नवीन चौहानले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशन हो। फिल्ममा विपिन, मिरुनासहित सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, शारदादेवी सिलवाललगायतको अभिनय छ।

निर्देशक चौहानकै लेखन रहेको फिल्मको सह(लेखक सुरज कटुवाल हुन्। यसअघि आर्टमाण्डुले निर्माण गरेको ‘घुमी घुमी,’ ‘फूलथुङ्गे रानी,’लगायत थुप्रै म्युजिकल फिल्म चर्चित छ।

यस्ताे छ गीत

प्रकाशित: १२ पुष २०८१ १२:५८ | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast