पूर्वप्रधानमन्त्री सिंहको निधनमा भारत सरकारले गर्‍यो ७ दिन राष्ट्रिय शोक घोषणा

हिमाल प्रेस १२ पुष २०८१ ७:३९ | Friday, December 27, 2024
पूर्वप्रधानमन्त्री सिंहको निधनमा भारत सरकारले गर्‍यो ७ दिन राष्ट्रिय शोक घोषणा

नयाँदिल्ली- भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएपछि भारत सरकारले ७ दिने राष्ट्रिय शोक घोषणा गरेको छ। साथै आजका लागि तय भएका सबै कार्यक्रम पनि रद्द गरिएको छ।

सरकारले डा.मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने निर्णय पनि गरेको छ। उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उनको लामो समयदेखि उपचार भइरहेको थियो।

सिंह घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो। ‘सबै प्रयासका बावजुद उहाँलाई बचाउन सकिएन र राति ९:५१ बजे उहाँलाई मृत घोषित गरियो,’ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

इन्डियन नेशनल कंग्रेसका सदस्य राहुल गान्धीले आफूले मार्गदर्शक र गुरु गुमाएको बताएका छन्। यसैबीच, कर्नाटकको बेलगावीमा जारी कंग्रेस कार्यसमिति बैठक रद्द गरिएको छ।

प्रकाशित: १२ पुष २०८१ ७:३९ | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast