‘पुष्पा–२’ को प्रदर्शनका क्रममा भागदौंडमा मृत्यु भएको महिलाको परिवारलाई दुई करोड आर्थिक सहयोग

हिमाल प्रेस १० पुष २०८१ २०:०३
10
SHARES
‘पुष्पा–२’ को प्रदर्शनका क्रममा भागदौंडमा मृत्यु भएको महिलाको परिवारलाई दुई करोड आर्थिक सहयोग

काठमाडौँ- ‘पुष्पा–२ : द रूल’ को प्रदर्शनका क्रममा मच्चिएको भगदडमा परी ज्यान गुमाएकी महिला र उनका घाइते छोरालाई दुई करोड आर्थिक सहयोगको घोषणा गरिएको छ।

फिल्मका अभिनेता अल्लु अर्जुनका पिता एवं फिल्म निर्माता अल्लु अरविन्दले घटनामा घाइते भएका बच्चासँग भेटेपछि यो घोषणा गरेका हुन्।

अरविन्दले मृतक महिलाकी परिवार र उनका घाइते छोराको सहयोगका लागि आफूहरूले दुई करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए।

उनका अनुसार एक करोड अल्लु अर्जुन, ५०–५० लाख फिल्मका तीन निर्माता र ५० लाख निर्देशकले दिने घोषणा गरेका हुन्।

अरविन्दले अस्पतालमा उपचार भइरहेको मृतक महिलाकी छोराको अवस्था सुधारोन्मुख रहेको चिकित्कसकहरूले बताएको जानकारी दिए।

अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा–२ : द रूल’ को क्रमममा मच्चिएको भगदडमा परी एक महिलाको मृत्यु भएको थियो। यो घटनापछि अल्लु अर्जुन एक रात हिरासतमा बस्नु परेको थियो।

प्रकाशित: १० पुष २०८१ २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast