काठमाडौँ- वामदेव गौतम नेकपा एकीकृत समाजवादी भित्रिने प्रक्रिया अघि बढेको छ। गौतमले एकताका लागि वार्ता गर्न तीन सदस्यीय कमिटी गठन गरेका छन्।
अभियानका महासचिव डीबी कार्कीका अनुसार कार्कीकै नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय वार्ता कमिटी गठन भएको हो। एकीकृत समाजवादीका तर्फबाट भने अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटाले वार्ता गर्दै आएका छन्।
प्रकाशित: १० पुष २०८१ ७:२५
प्रतिक्रिया