महिला नेतृत्वमा सम्पन्न निर्वाचनमा महिला नेतृत्व आउनु सुखद : सभामुख

हिमाल प्रेस ९ पुष २०८१ १३:५२ | Tuesday, December 24, 2024
महिला नेतृत्वमा सम्पन्न निर्वाचनमा महिला नेतृत्व आउनु सुखद : सभामुख

काठमाडौँ- सभामुख देवराज घिमिरेले मिडियामैत्री कानुन निर्माण गर्न सधैँ आफ्नो साथ र सहयोग रहने बताएका छन्। नेपाल पत्रकार महांघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सभामुख घिमिरेले मिडियालाई नियन्त्रण गर्ने कानुन विस्थापित गरेर पत्रकार र पत्रकारिताको हितका लागि कानुन बनाउन आफनो साथ रहने बताए। धेरै प्रतिकूलताको सामना गर्दै महिलाको नेतृत्वमा सम्पन्न निर्वाचनमा महिला नेतृत्व नै आउनु ऐतहासिक क्षण रहेको उनले बताए।

घिमिरेले लोकतन्त्रमा निर्वाचन महत्वपूर्ण विधि र सुन्दर पक्ष रहेको उल्लेख गरे। उनले विचार र अभिव्यक्त स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघ जिम्मेवारीका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरे।

समाजलाई परिवर्तन गर्ने सन्दर्भमा पत्रकारहरूको ठूलो भूमिका रहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले खलेको भूमिका बिर्सन नसकिने बताए। सभामुख घिमिरेले समजाको उत्थान र आवाजविहीनको पक्षमा कलम चलाउन सञ्चारकर्मीहरूलाई आग्रह गरे।

श्रमजिवी पत्रकारहरूको पक्षमा पत्रकार महासंघले राखेको अपेक्षा आवश्यकता रहेको बताउँदै यसतर्फ सरकार सकारात्मक हुनुपर्ने उल्लेख गरे। नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले आफू सत्ताको वकालत नगरी श्रमजिवी पत्रकाहरूको हकहितका लागि प्रतिबद्ध रहने बताइन्।

मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित निर्मला शर्मालगायतका पदाधिकारी एवं केन्द्रीय सदस्यहरूले पदभार ग्रहण गरेका हुन्।

प्रकाशित: ९ पुष २०८१ १३:५२ | Tuesday, December 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast