रवि लामिछानेको सांसद पद निलम्बनमा

हिमाल प्रेस ८ पुष २०८१ १९:०७
26
SHARES
रवि लामिछानेको सांसद पद निलम्बनमा रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा परेको छ। आज (सोमबार) संघीय संसद् सचिवालयले सूचना जारी गर्दै लामिछानेको सांसद पद निलम्बनमा परेकाे जानकारी गराएको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद स्वतः निलम्बन हुने व्यवस्था भएकाले प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पठाएको पत्र संसद सचिवालयमा पठाएको थियो। सोहीअनुसार संसद् सचिवालयले सूचना जारी गरेको हो।

लामिछानेमाथि कास्की जिल्ला अदालतमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ।

सम्पत्ति शुद्धीकरण ऐनको दफा २७ मा ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ’ भन्ने उल्लेख छ।

जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा पनि भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा २७ बमोजिम निज प्रतिवादी रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन जिल्ला क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ निर्वाचित संघीय संसद (प्रतिनिधिसभा सदस्य) रहेकोमा ऐनको दफा २२ बमोजिम मुद्दा दायर भएपश्चात सो मुद्दा किनारा नभएसम्म निज स्वतः निलम्बन हुने कानुनी व्यवस्था रहेको ब्यहोरासमेत अनुरोध गरिएको छ।’

सोही कानुनी व्यवस्थाको प्रयोजनका लागि सूचना प्रकाशित गरिएको संसद् सचिवालयले जारी गरेको सूचनापत्रमा उल्लेख छ।

 

रास्वपाको कार्यवाहक सभापतिमा अर्याल

रविको सांसद पद स्वतः निलम्बन, सभापति पनि गुम्ने

यस्तो छ रविसहितलाई दायर गरिएको ४२७ पृष्ठको अभियोग पत्र

रविलाई सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख बिगो माग

रविकी पत्नी निकिताविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा

प्रकाशित: ८ पुष २०८१ १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast