चार मुलुकका लागि सरकारले जारी गर्‍यो ‘ट्राभल एडभाइजरी’

हिमाल प्रेस ८ पुष २०८१ १७:०१ | Monday, December 23, 2024
चार मुलुकका लागि सरकारले जारी गर्‍यो ‘ट्राभल एडभाइजरी’

काठमाडौँ– म्यानमार, थाइल्याण्ड, कम्बोडिया र लाओसलगायतका देशमा जान चाहने नेपालीहरुका लागि परराष्ट्र मन्त्रालयले तीन बुँदे ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार यात्रासम्बन्धी ट्राभल एडभाइजरी जारी गर्दै ती देश जाने चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकहरुलाई सावधानी अपनाउन सचेत गराएको छ।

मन्त्रालयले उद्धारका लागि नेपाली राजदूतावास याङ्गुन र बैंककमा आवेदन गर्ने नेपालीहरुको संख्यामा उल्लेखनीय रुपमा बढी रहेका कारण ट्राभल एडभाइजरीमा ध्यान दिनसमेत सम्बन्धीत पक्षलाई सूचित गराएको छ। कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यहरूमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिने लगायतका समस्याहरू रहेको जानकारी प्राप्त भएको मन्त्रालयको विज्ञप्तीमा भनिएको छ।

मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिहरूमा संलग्न गिरोहहरूले नेपाली नागरिकहरूलाई ती देश लैजाने समेत भनिएको छ।

प्रकाशित: ८ पुष २०८१ १७:०१ | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast