काठमाडौँ महानगरले प्रमुख प्रशासकीय अधिकृतलाई गर्‍यो कारबाही सिफारिस

हिमाल प्रेस ५ पुष २०८१ १८:५० | Friday, December 20, 2024
काठमाडौँ महानगरले प्रमुख प्रशासकीय अधिकृतलाई गर्‍यो कारबाही सिफारिस

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि कारबाही गर्न सिफारिस गरेको छ।

काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यू टावरको प्रक्रिया पूरा नगरी नक्सा स्वीकृति गरेको भन्दै महानगरले गुरागाईँमाथि कारबाही गर्न सिफारिस गरेको हो।

गुरागाईँमाथि थप अनुसन्धान गरी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

शुक्रबार महानगरमा पत्रकार सम्मेलन गर्दै मानन्धरले भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृत गरेको देखिएको बताए।

यस विषयमा थप छानबिन गरी नियमविपरीत कार्य गर्ने जो कसैलाई कानुनबमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायसमक्ष सिफारिस गर्ने उनको भनाइ छ।

प्रकाशित: ५ पुष २०८१ १८:५० | Friday, December 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast