नेपालले हङकङलाई दियो २६६ रनको लक्ष्य

हिमाल प्रेस ५ पुष २०८१ १३:०८ | Friday, December 20, 2024
नेपालले हङकङलाई दियो २६६ रनको लक्ष्य

काठमाडौँ- नेपाली यु-१९ टोलीले एकदिवसीय अभ्यास शृंखलाको तेस्रो तथा अन्तिम खेलमा हङकङसामू २६६ रनलको लक्ष्य प्रस्तुत गरेको छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउदै २६५ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि सूर्यान्शु कोइरालाले ९६ बलमा आठ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे।कप्तान अभिषेक तिवारीले ४१ बलमा चार चौका र दुई छक्काको मद्दतले ५६ रन बनाए। यसैगरी सन्तोष यादवले ४५ बलमा ६ चौका र एक छक्काको मद्दतले ५३, नरेन भट्टले ३६, सोहेल कुँवरले १३ र राजेश बोहराले ११ रन बनाए।

हङकङका लागि ड्यानियल एम्प, पार्थ श्रीवास्तव, शायन पुरी र प्रित मोन्गुकीयाले समान दुई विकेट लिए।

प्रकाशित: ५ पुष २०८१ १३:०८ | Friday, December 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast