महिला हिंसाविरुद्ध बनेको फिल्म ‘जुना’ हलमा लाग्दै

हिमाल प्रेस ४ पुष २०८१ १७:०७
6
SHARES
महिला हिंसाविरुद्ध बनेको फिल्म ‘जुना’ हलमा लाग्दै

काठमाडौँ- महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुना’ आगामी माघ २५ मा प्रदर्शन हुने भएको छ।

 फिल्मको निर्देशन जीवन सेञ्चुरीले गरेका छन्। ‘जुना एक ऐतिहासिक र विशिष्ट प्रकृतिको फिल्म हो।’ निर्देशक सेञ्चुरीले भने ‘नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथा अन्त्य हुनुपर्ने विषयलाई फिल्मबाट सम्बोधन गर्ने प्रयास गरेका छौँ।’

उनले फिल्मले बाल विवाह तथा महिलाको मुद्धा बोकेको हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्न लिएको लक्ष्यलाई सघाउने निर्देशकको विश्वास छ।

फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीको अभिनय छ।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको छ। फिल्ममा दीपकप्रसाद घिमिरेले लगानी गरेका छन्। राजबहादुर सानेको कथा रहेको फिल्ममा बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर रहनेछ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टरको ब्यानरमा निर्माण भएको हो। यसअघि फिल्म पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, समालोचकलगायतले हेरिसकेका छन्।

प्रकाशित: ४ पुष २०८१ १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast