हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्नेलाई कानुनी कारबाही गर्छाैँ : कास्की प्रहरी

हिमाल प्रेस ४ पुष २०८१ १४:४४ | Thursday, December 19, 2024
हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्नेलाई कानुनी कारबाही गर्छाैँ : कास्की  प्रहरी कास्की प्रहरीको हिरासतमा रवि लामिछाने भनेर दाबी गरिएको तस्बिर

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासत कक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई कारबाही गर्ने बताएको छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पार्नेगरी अनधिकृत रूपमा सुरुमा डा. निकोलस भुसालको फेसबुक पेजबाट त्यो तस्बिर सार्वजनिक भएको उल्लेख गर्दै कास्की प्रहरीले विज्ञप्ति जारी गरी यसमा संलग्नलाई कानुनबमोजिम अनुसन्धान तथा कारबाही गरिने बताएको हो।

‘जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको अवस्थाको जस्तो अस्पष्ट देखिने तस्बिर केही दिनअगाडि सामाजिक सञ्जालमा हाल चालु रहेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्नेगरी डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यावसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको अनधिकृत तस्बिरप्रति यस जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ४ पुष २०८१ १४:४४ | Thursday, December 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast