फाइल तस्बिर।
काठमाडौँ- नेपालले एसिसी महिला यु-१९ एसिया कपको सुपर फोरअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ। खेल मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले एक ओभरमा एक विकेट गुमाउँदै एक रन बनाएको अवस्थामा खेल रोकिएको थियो। यससँगै दुवै टिमले १/१ अंक बाँडेका छन्।
नेपालले समूह ‘बी’ तथा श्रीलंकाले समूह ‘ए’ को उपविजेताका रूपमा सुपर फोरको यात्रा तय गरेका थिए। समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग अंक बाँडेको थियो। नेपाल र भारतबीचको खेल वर्षाका कारण बिना नतिजा टुंगिएको थियो।
यता घरेलु टोली मलेसियाविरुद्ध ९४ रनको सहज जित निकालेबको श्रीलंका बंगलादेशसँग २८ रनले पराजित भएको थियो। सुपर फोरको अन्तिम खेलमा नेपालले शुक्रबार बंगलादेशको सामना गर्नेछ।
प्रकाशित: ४ पुष २०८१ १४:०७ | Thursday, December 19, 2024
प्रतिक्रिया




