काठमाडौँ- कमेडी जनरामा फिल्म ‘चिट्ठा’ निर्माण हुने भएको छ। फिल्मको निर्देशन आरएल लामा मोक्तानले गर्नेछन्। फिल्मको छायांकन यही पुस दोस्रो साताबाट सुरु गरिने निर्देशकले बताए।
उनका अनुसार फिल्मको लागि एक अभिनेता र एक अभिनेत्री छनोट कार्य भइरहेको छ। फिल्ममा अन्य कलाकार धिरेन शाक्य, भोलाराज सापकोटा, अर्जुन गुरुङ, निमा लामा, रसिला कार्कीलगायत अनुबन्धित भइसकेका छन्।
फिल्मको कथा, पटकथा तथा संवाद स्वंयम निर्देशक लामाले नै तयार गरेका हुन्।
फिल्म लंका फिल्मको ब्यानरमा निर्माण हुन लागेको हो। रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहने फिल्ममा आर सुनाम मोक्तानको लगानी रहनेछ।
मियम मोक्तान सह-निर्माता रहेको फिल्ममा रंग पत्रकार सञ्चु थोकरको छायांकन, शंकर महर्जनको द्धन्द्व निर्देशन, निर्देशक आरएल लामाको शब्द तथा संगीत, युवराज कँडेल र अन्नु चौधरीको स्वर रहनेछ।